सांसदको कोरोना परीक्षण गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसदको कोरोना परीक्षण गरिने


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ। सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।

वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक बस्न लागेकाले यही वैशाख २२ र २३ गते सांसद, सचिवालयका कर्मचारी र मर्यादापालकलगायतको थ्रोट स्वाब नमूना परीक्षण गर्न लागिएको हो ।

संसद सचिवालयका अनुसार संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजे सम्म पीसीआर विधिबाट परीक्षण गर्ने तय भएको छ ।

सचिवालयले कोरोना परीक्षण गर्न सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस