जसपाका ठाकुर–महतो पक्षद्वारा खाली कागजमा सांसदका हस्ताक्षर सङ्कलन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपाका ठाकुर–महतो पक्षद्वारा खाली कागजमा सांसदका हस्ताक्षर सङ्कलन


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सङ्कलन गरेको छ ।

खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरूको छुट्टाछुट्टै हस्ताक्षर सङ्कलन गरिएको ठाकुर–महतो पक्षका एक नेताले बताएका छन् ।

५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमध्ये २८ जना उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षतिर देखिएका छन् । यादव र भट्टराई पक्षले यसअघि नै आफू निकटका नेताहरूको हस्ताक्षर सङ्कलन गरिसकेको छ ।

जसपाका ३४ जना सांसदहरूमध्ये दुई जना निलम्बनमा परेपछि हाल ३२ जना सांसद मात्र रहेका छन् ।

सत्ता समीकरणका विषयमा ठाकुर र महतो एमाले अध्यक्ष केपी शर्मा ओलीतिर छन् भने यादव र भट्टराई ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिसकेको अवस्थामा गरिएको हस्ताक्षर सङ्कलनलाई अर्थपूर्ण ठानिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस