२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारी रोक्न कुनै कसर बाँकी राखिन्न: मन्त्री बस्नेत

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाको महामारी रोक्न कुनै कसर बाँकी नराखिने बताएकी छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोरोनाको सङ्क्रमणको अवस्था भयावह बन्दै गएको जनाउँदै नियन्त्रणका लागि सबै क्षेत्र लाग्नुपर्ने बताइन् । मन्त्री बस्नेतले कोरोना नियन्त्रणको अभियानमा लाग्ने अभियान्ताहरुको मनोबल बढाउन सरकार तयार रहेको बताइन् ।

सामाजिक विकास राज्यमन्त्री डा। रामकुमार अधिकारीले प्रदेश मातहतका सबै अस्पताल तथा स्वास्थ्य संस्था एवं स्थानीय तहलाई महामारी नियन्त्रणका लागि लाग्न अनुरोध गरिएको उल्लेख गर्दै महामारी नियन्त्रणका लागि गरिने सम्पूर्ण खर्च गर्न सरकार तयार रहेको बताए । महामारी नियन्त्रण गर्न चाहिने भौतिक संरचना निर्माण वा भाडामा लिन, स्वास्थ्य सामग्रीहरु खरिद गर्न, स्वास्थ्यकर्मी वा चिकित्सक नियुक्त गर्न जे आवश्यकता छ त्यो गर्नुस् भनेका छौँ, हरेक कामका लागि रकम निकासा गर्न र सम्पूर्ण आर्थिक दायित्व पूरा गर्न मन्त्रालय तयार छ भनेको उनले बताए ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा। पुरुषोत्तम सेढाईँले देशको कूल सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा आधाभन्दा बढी सङ्क्रमित भएको जानकारी दिए । उनले नेपालमा कूल सङ्क्रमित तीन लाख ३६ हजार ३० जना रहेकोमा वाग्मती प्रदेशमा मात्रै एक लाख ८३ हजार ३०५ जना रहेको बताए । डा। सेढाईँले पछिल्लो २४ घण्टामा प्रदेशका काठमाण्डौँ, ललितपुर र भक्तपुरमा सबैभन्दा बढी नयाँ सङ्क्रमण देखिएको जानकारी दिए ।

प्रदेशमा जम्मा ४१५ वटा आईसीयू बेड रहेकोमा २८० जना बिरामी आईसीयूमा भर्ना भएको बताए । त्यस्तै जम्मा भेन्टिलेटर बेडको सङ्ख्या १६० रहेको र भेन्टिलेटरमा भर्ना भएको बिरामीको सङ्ख्या ९० जना रहेको उनले जानकारी दिए ।