नवनियुक्त गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नवनियुक्त गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ


२० बैशाख २०७८, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त भएका गण्डकी प्रदेशकी सीता पौडेल र सुदूरपश्चिम प्रदेशका गङ्गाप्रसाद यादवलाई सोमबार अपराह्न राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गरेकी छिन् । यसअघि एमाले र माओवादी केन्द्र बिच एकीकरण भएपछि प्रदेश प्रमुख नियुक्त भएका उनीहरू माओवादी केन्द्रमा आबद्ध थिए ।

माओवादी केन्द्रका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस