गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ । यसअघि गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस