कोरोना संक्रमित पूर्वसहायकमन्त्री प्रकाश चित्रकारको निधन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमित पूर्वसहायकमन्त्री प्रकाश चित्रकारको निधन


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


बुटवल । कोरोना संक्रमित पूर्वभूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको उपचारको क्रममा निधन भएको छ ।

चित्रकारको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा सोमबार बिहान निधन भएको हो । सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकार ज्ञानेन्द्र शाहको शासनकालमा भूमिसुधार सहायकमन्त्री बनेका थिए ।

उनी शनिबार अस्पतालमा भर्ना भएका थिए । उनमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस