कोरोना महामारी रोक्न ३० जिल्लामा पूर्ण निषेधाज्ञा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना महामारी रोक्न ३० जिल्लामा पूर्ण निषेधाज्ञा


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । कोरोना महामारी रोक्न विभिन्न २९ जिल्लामा पूर्ण निषेधाज्ञा लागु गरिएको छ। अन्य १२ जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ। जिल्लाभर निषेधाज्ञा लागु गरिएका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत, बाँके, कास्की र कैलाली छन्।

यसैगरि पर्सा, दाङ, कन्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा र झापामा पनि जिल्लाभर निषेधाज्ञा छ। गुल्मी, प्युठान, उदयपुर, कपिलबस्तु, बझाङ, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पनि जिल्लाव्यापी निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ। यी सबै जिल्लाले एक साताका लागि निषेधाज्ञा लागु गरेका हुन्।

ताप्लेजुङ, रामेछाप, स्याङ्जा, कालिकोट,मकवानपुर, बाजुरा, गोरखा, काभ्रपलाचोन्क, मोरङ, दार्चुला र बाग्लुङमा भने आंशिक निषेधाज्ञा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस