राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह « प्रशासन
prasaLogo
२० बैशाख २०७८, सोमबार

राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह


प्रकाशित मिति : 3 May, 2021 2:33 pm

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस