अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोनाको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भेरियन्टसहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका संक्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

अस्पताललाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न, आफूसँग भएको सिलिन्डर समयमा नै भर्नसमेत आग्रह गरिएको छ।

यस्तै, मन्त्रालयले सर्वसाधारणलाई अक्सिजन सिलिन्डर अनावश्यक रुपमा जोखिम तरिकाले सञ्चित गर्न र प्रयोग गर्ने खालका गतिविधि हुन नदिनसमेत आग्रह गरेको छ ।

हाल देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । दैनिक २ हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्युड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ ।

अहिले अस्पतालसँग ६ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक ८ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । नेपालमा अक्सिजन ग्यास प्रशस्त भए पनि अक्सिजन सिलिन्डरको अभाव रहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस