२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जबरजस्ती करणीका फरार १० वर्षपछि पक्राउ

अ+ अ-

किमाथाङ्का । सङ्खुवासभामा जबरजस्ती करणी गरी फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

दश वर्षअघि १३ वर्षीय बालिकालाई जबरजस्ती करणीको आरोपमा फरार अधिकारीलाई विशेष सुराकीका आधारमा सुनसरीको खनारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए। अधिकारीले २०६८ माघ १२ गते १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

फरार भएका अधिकारीलाई जिल्ला अदालत चैनपुरले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा २०७२ माघ १८ गते १२ वर्ष कैद सजाय तोकेको थियो । प्रतिवादी अधिकारीलाई आइतबार जिल्ला अदालत चैनपुर पेस गरी आइतबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

त्यसै गरी इलाका प्रहरी कार्यालय चैनपुरले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । प्रहरीले चैनपुर–४ का ५३ वर्षीय तिलबहादुर तामाङलाई यही वैशाख ६ गते पक्राउ गरी कारागार चलान गरेको प्रहरी निरीक्षक खतिवडाले बताए ।

जिल्ला अदालत चैनपुरले २०७६ जेठ १५ गतेको फैसलाले लागुऔषध मुद्दामा चार महिना २४ दिन कैद र रु पाँच हजार जरिवानाको सजाय तोकेको थियो ।