चीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित


एजेन्सी

२० बैशाख २०७८, सोमबार


बेइजिङ । चीनमा सञ्चालित पोषण सुधार कार्यक्रमबाट सन् २०२० को अन्त्यसम्ममा एक करोड १२ लाख बालबालिका लाभान्वित भएका छन् ।

चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यस कार्यक्रमले देशका ८३२ वटा तुलनात्मक रुपमा कमजोर काउन्टीमा समेटेको थियो । यो कार्यक्रम सन् २०१२ देखि सञ्चालनमा छ ।

यस कार्यक्रम मार्फत विषम गरिबीमा बाँचिरहेका परिवारका ६ देखि २४ महिनाका साना बालबच्चाका लागि निःशुल्क पोषण प्याकेजहरु वितरण गरिएको थियो ।

कार्यक्रम सुरु हुनुअघि यस क्षेत्रका ६ देखि २४ महिनाका बालबालिकाको रक्तअल्पता र पुड्कोपन क्रमशः १६.३ र ३.२ प्रतिशत रहेकामा हाल त्यसमा सुधार आई क्रमशः ५०.५ र ६८.३ प्रतिशतले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस