लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै फर्किए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै फर्किए


२० बैशाख २०७८, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद मुखयमन्त्री शंकर पोखरेललाई समर्थन गर्ने भन्दै एमाले मै फर्किएका छन् ।

कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्ति जारी गर्दै आफूहरु मुख्यमन्त्री शंकर पोखरेल कै समर्थनमा रहेको प्रष्ट पारेका हुन् ।

आफूहरु एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको भन्दै उनीहरुले भने,‘माननीय कुलप्रसाद केसी समेतले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ, माननीय कुलप्रसाद केसी समेतले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस