काँग्रेस पदाधिकारी बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस पदाधिकारी बैठक स्थगित


२० बैशाख २०७८, सोमबार


काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

एक नेताका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको हो ।

आज दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस