जनगणना अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जनगणना अनिश्चितकालका लागि स्थगित


२० बैशाख २०७८, सोमबार


काठमाडौँ । आगामी १२औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ।

कोरोना महामारीको अवस्था थप जटिल बन्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना रोक्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

१२औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। हाल देशभर सुपरिवेक्षकको तालिम चलिरहेको छ।

वि.सं. १९६८ देखि सुरु भएको जनगणना हरेक दस–दस वर्षमा जनगणना हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस