मुख्यमन्त्रीको शपथ लिएसँगै पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्रीको शपथ लिएसँगै पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार


१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बैजनाथ चौधरी र हरि रिजाल मन्त्री नियुक्त भएका छन् । उनीहरू दुबैजनाले शपथ ग्रहण गरेका छन् ।

जनता समाजवादी पार्टीबाट मन्त्री बनेका यसअघिका चारै जना मन्त्री भएका छन्।

यस्तै कल्पना पाण्डे र सुमन शर्मा रायमाझी उपस्थित नभएकोले भोलि मात्रै उनीहरूलाई शपथ गराइने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ।

आजै लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुद सेना, प्रहरीको सुरक्षा घेरामा निवासमै पुगेर शङ्कर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका थिए।

पोखरेलले आजै संविधानको धारा १६८(२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८(१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै बिहान राजीनामा दिएका थिए।

उनको राजीनामा पछि छिनछिनमै फेरिएको राजनीतिक जोड घटाउले दिनभर माहौल तताएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस