लुम्बिनीमा सांसद र प्रहरीबिच झडप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीमा सांसद र प्रहरीबिच झडप


१९ बैशाख २०७८, आइतबार


बुटवल । लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेश सभा सदस्य र प्रहरीबिच झडप भएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेललाई शपथ नखुवाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिई रहेका एमालेबाहेक दलका सांसदहरू र प्रहरी बिच झडप भएको हो ।

मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरूले घेरा हालेर छेकेपछि प्रहरीले बल प्रयोग गर्ने क्रममा धकेलाधकेल भएको एक सांसदले बताए । प्रदेश प्रमुख यादव मुख्यमन्त्रीको कार्यालय पुगेर मुख्यमन्त्री पोखरेललाई राति नै पद तथा गोपनीयताको शपथ खुवाई सकेका छन् ।

आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८९१० बमोजिम मुख्यमन्त्री पोखरेल पुनः नियुक्त भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस