विपक्षीको नाराबाजीकै बिच मुख्यमन्त्री शङ्कर पोखरेलले गरे शपथग्रहण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विपक्षीको नाराबाजीकै बिच मुख्यमन्त्री शङ्कर पोखरेलले गरे शपथग्रहण


१९ बैशाख २०७८, आइतबार


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा शपथग्रहण गराइएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादव शपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएका थिए ।

पोखरेलले आइतबार बिहान राजीनामा दिई,बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाएका थिए । सोही बमोजिम प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस