युनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल


प्रशासन संवाददाता

१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । आगामी चार वर्षका लागि नियूक्तिसँगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छन्।

त्यस्तै कम उमेर समूहबाट पनि उनी पहिलो नै रहेको कम्पनीको दाबी छ। ३४ वर्षको उमेरमा नै पौडेल सिइओको भूमिकामा पुगेकी छन्। विगत एक दशक बढी समयको कार्यानुभव बटुलेकी पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छन्।

भारतमा रहँदा नै बीमा क्षेत्रमा प्रवेश गरेकी उनी पछिल्लो पटक यूनाइटेड इन्स्योरेन्स कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएकी थिइन्। पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थामा नेतृत्वदायी भूमिका लिने महिलाको सङ्ख्या बढ्न थालेको छ। हाल अनुपमा खुञ्जेलीले मेगा बैङ्कको नेतृत्व गर्दै आएकी छन्रा भने राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा निलम ढुङ्गाना छन्।

Tags :
प्रतिक्रिया दिनुहोस