कोरोना नियन्त्रण गर्न हुम्लामा जुटे प्रहरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना नियन्त्रण गर्न हुम्लामा जुटे प्रहरी


१९ बैशाख २०७८, आइतबार


सुर्खेत । कोभिड–१९ नियन्त्रण गर्न हुम्लामा प्रहरी जुटेका छन् । नेपालगन्ज र सुर्खेतमा कोरोना तीव्र गतिले फैलिरहेको बेला हुम्लावासीहरू मास्क नलगाएर जथाभाबी निस्कन थालेपछि प्रहरी जुटेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

विशेष गरी सिमिकोट बजारमा विना मास्क हिड्डुल गर्ने, विवाह र पुजामा ठुलो जमघट गर्ने, सामाजिक दुरी कायम नगर्ने गरेको पाएपछि पुर्वसावधानी अपनाउन प्रहरी जुटेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले बताए ।

‘अहिले सुर्खेत र नेपालगन्जमा कोरोना तीव्र रूपमा फैलिएको छ, त्यहाँबाट हवाई मार्ग भएर हुम्ला भित्रिने यात्रुहरू धेरै छन्’, डिएसपी शर्माले भने, ‘ज्वरो मापन गर्ने ,तिन पुस्ते सम्पर्क नम्बर राख्ने जस्ता कार्यहरू भइराखेको छ ।’

त्यस्तै जिल्ला प्रहरी कार्यालय हुम्लाको मातहतमा रहेका इलाका र चौकीहरूले माइकिङ गर्ने, हात धुन सिकाउने, मास्कको प्रयोग गर्न आग्रह गर्ने, कोरोनाको लक्षण देखिन साथ स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने,शङ्कास्पद व्यक्ति भेटिएमा प्रहरीलाई जानकारी गराउने जस्ता चेतना फैलाइरहेको डिएसपी शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस