बाँकेका सिडिओलाई उपप्रधानमन्त्री पोखरेलको फोन -स्थिति भयावह हुन नदिनु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाँकेका सिडिओलाई उपप्रधानमन्त्री पोखरेलको फोन -स्थिति भयावह हुन नदिनु


१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।

कोरोना भाइरसका कारण बाँकेमामा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै उनले यस्तो निर्देशन दिएका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति(सिसिएमसी) का संयोजकसमेत रहेका पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्नसमेत सिडिओ गेलाललाई निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले सिसिएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग रहने बताउँदै कुनै गम्भीर विषय भए प्रधानमन्त्री कार्यालयका सिसिएमसीले हेर्ने सचिवलाई सिधै फोन गर्न भनेका छन् ।

कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँ पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्नसमेत पोखरेलले प्रजिअलाई निर्देशन दिए।

सो क्रममा प्रजिअ गेलालले बाँकेको पछिल्लो वस्तुस्थितिका विषयमा जानकारी गराउँदै अस्पतालमा कोभिडका बिरामीको चाप बढिरहेको, शय्याको अभाव भएको, चिकित्सक कम भएकोलगायत विषयमा जानकारी गराएका थिए

Tags :
प्रतिक्रिया दिनुहोस