खनालको उपचारमा यथेष्ठ ध्यान नेपालको आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

खनालको उपचारमा यथेष्ठ ध्यान नेपालको आग्रह


१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

नेता नेपालले आज खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘उहाँको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु ।’

कोरोना संक्रमण भएपछि पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पतालमा उपचारत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।

पखाला लागेपछि मनमोहन अस्पतालमा भर्ना भएका खनाललाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि शनिबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस