यस्तो छ आगामी तीन दिनको मौसम « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

यस्तो छ आगामी तीन दिनको मौसम


प्रशासन संवाददाता

१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आइतबार बिहानैदेखि काठमाडौँ उपत्यका एवं पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ ।

आज प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा अहिले देखिएको प्रि–मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ । देशभरको पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ ।

वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मंगलबारसम्म नै साँझपख मेघगर्जन–चट्याङ्ग–हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आइतबार बिहानको हल्का वर्षा ९ बजेसम्ममा रोकिने र दिउँसो र साँझ फेरि सामान्य बदली भई देशका पहाडी भूभाग र प्रदेश नं १ को सबै जिल्लामा हावाहुरीसहित सामान्य वर्षा हुने सम्भावना रहेको छ ।

विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २ र वागमती प्रदेश लगायतका पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, मंगलबार प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस