स्वास्थ्य मन्त्रीको भिडियो सन्देश : भोलि काठमाडौँ उपत्यकामा एक हजार बेड थप्दैछौँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य मन्त्रीको भिडियो सन्देश : भोलि काठमाडौँ उपत्यकामा एक हजार बेड थप्दैछौँ


१८ बैशाख २०७८, शनिबार


काठमाडौँ । सरकारले सोमबार काठमाडौँमा कोभिड-१९ उपचारका लागि थप १ हजार शय्या थप गर्ने बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भिडियो सन्देश जारी गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताए ।

मन्त्री त्रिपाठीले भारतमा सङ्कट गहिरिँदा अक्सिजन आपूर्तिमा समस्या भए पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको र यसलाई समाधान गर्न कोसिस गरिरहेको बताए ।

‘आतङ्कित हुने अवस्था छैन, सबै जिम्मा सरकारले लिएको छ’, मन्त्री त्रिपाठीले भने, ‘सरकार आफ्नो प्रतिबद्धता पुरा गर्न कटिबद्ध छ ।’

कोभिड उपचारका लागि आवश्यक पर्ने औषधीहरू दुई तीन दिनमै ल्याइने जानकारी दिए ।

मन्त्री त्रिपाठीले भने ‘बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छाडेको छैन । जिम्मेवारीका साथ सरकार कर्तव्यपालनमा अघि बढेको छ ।’

भ्याक्सिन र अक्सिजन जोहो गर्न सरकार दत्तचित्त भएर लागेको जानकारी दिँदै मन्त्री त्रिपाठीले व्यवस्थापनमा भएको त्रुटिको नैतिक जिम्मेवारी आफूले लिने बताए ।

सङ्क्रमणको दर घटना निषेधाज्ञा महत्त्वपूर्ण रहेको बताउँदै उनले यसमा सहयोग गर्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस