सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग राप्रपाको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग राप्रपाको माग


१८ बैशाख २०७८, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष त्रय पशुपति शमशेर जबरा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकबाट कोरोना विरुद्धको खोप ल्याएर भए पनि तत्काल सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।

सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारसँग आवश्यक समन्वय र सहयोग गर्न राप्रपा तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस