पाकिस्तानमा दोस्रो लहरमा गम्भीर बिरामीको सङ्ख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाकिस्तानमा दोस्रो लहरमा गम्भीर बिरामीको सङ्ख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी


एजेन्सी

१८ बैशाख २०७८, शनिबार


इस्लामावाद । पाकिस्तानमा कोभिड १९ को अघिल्लो वर्षको भन्दा गम्भीर बिरामी हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ ।

यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका बिरामीहरूको तुलनामा यस वर्ष कम्तीमा पनि ५७ प्रतिशतले बिरामी बढेको पाइएको बताएका हुन् ।

पाकिस्तानमा अहिले गम्भीर प्रकृतिका बिरामी भएर भेन्टिलेटरमा रहेको सङ्ख्या ५ हजार भन्दा बढी छ । पाकिस्तानका विभिन्न अस्पतालहरुमा अहिले ५ हजार ३६० जना कोभिडका बिरामी भेन्टिलेटरमा उपचाररत रहेका बताइएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले भनेका छन् कि अघिल्लो वर्ष जुन महिनामा यहाँको कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या उच्च पुगेको थियो । गत वर्षको जुन महिनामा यहाँ सबैभन्दा बढी अर्थात् दुई हजार जना भेन्टिलेटरमा राखिएको थियो ।

तर अहिले भने यसरी गम्भीर प्रकृतिको बिरामी भएर भेन्टिलेटरमा राख्नु परेका बिरामीको सङ्ख्या ५ हजार नाघिसकेको छ । यहाँका अधिकारीहरुले अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी सङ्क्रामक रहेको पनि बताएका छन् ।

पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका सङ्क्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस