कर्णालीमा थप चार कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णालीमा थप चार कोरोना सङ्क्रमितको मृत्यु


प्रशासन संवाददाता

१८ बैशाख २०७८, शनिबार


सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट कर्णाली प्रदेशमा थप चार जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सुर्खेतका दुई र सल्यानका दुई जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

सूचना अधिकारी चौधरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की ३२ वर्षीया महिला र गुर्भाकोट नगरपालिका–१३ का ३५ वर्षीय पुरुषको शनिबार दिउँसो प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै शनिबार नै सल्यानको बागचौर नगरपालिका–२ का २६ वर्षीय पुरुष र रोल्पाको गंगादेव गाँउपालिका–३ की ४८ वर्षीया महिलाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

मृतक चारै जनाको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको निर्देशनालयले जनाएको छ । योसँगै कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस