लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनसहितको ३८ बेड एचडियू सञ्चालन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनसहितको ३८ बेड एचडियू सञ्चालन


प्रशासन संवाददाता

१८ बैशाख २०७८, शनिबार


बुटवल । अस्पताल आउने अधिकांश बिरामीलाई अक्सिजन दिनुपर्ने भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना विशेष आइसोलेसन अस्पतालले हाई डिपेन्डेन्सी युनिट (एचडियू) सञ्चालन गरेको छ।

गत वर्ष चैत महिनामै धागो कारखानामा सञ्चालन गरिएको ३६ बेडको आइसोलेसनलाई अहिले स्तरोन्नति गरी एचडियु बनाइएको हो।

बुटवल उपमहानगरपालिकाको अगुवाइमा लुम्बिनी प्रादेशिक अस्पतालले व्यवस्थापन गर्ने गरी सञ्चालनमा ल्याइएको कोरोना विशेष अस्पतालमा यसअघि १५ बेडको आइसियू र ३६ बेडको आइसोलेसन थियो।

हाल त्यही आइसोलेसनलाई अक्सिजन पाइपलाइन विस्तार गरी एचडियू बनाइएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए।

लुम्बिनी प्रदेश सरकारले आइसोलेसनमा अक्सिजनसहितको उपचार गर्ने गरी व्यवस्था गर्न ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो।
डा. खनालले कोरोना संक्रमीत बढ्दै जाँदा अक्सिजनसहितको बेड अभाव भएपछि पाइपलाइनमार्फत बेडमै अक्सिजन जोडेर शनिबारदेखि एचडियू सेवा सुरू गरिएको जानकारी दिए।

रुपन्देहीमा दैनिक साढे चार सय भन्दाबढी संक्रमित थपिएका छन्। त्यहाँ आइसियू बेडको अभाव छ। लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देहीसहित छिमेकी जिल्ला पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान लगायतका गम्भीर अवस्थाका संक्रमितहरु आउने गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस