आफैँ भिड जम्मा गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु लज्जास्पद : नेता पुन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आफैँ भिड जम्मा गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु लज्जास्पद : नेता पुन


प्रशासन संवाददाता

१८ बैशाख २०७८, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको भनाइ छ ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद कुरा भएको आरोप लगाएका छन् ।

‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, सुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैर जिम्मेवार कुरा हो,’ उनले भने, ‘यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्य उपचार, चेकजाँच र परीक्षणमा ध्यान दिनुपर्छ ।’

नेता पुनले कोरोना सङ्क्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्ध स्तरको काम थाल्नुपर्ने पनि बताए ।

सरकारले अन्य राजनीतिक दल र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरेको भन्दै उनले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग मागसमेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस