संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन


१८ बैशाख २०७८, शनिबार


काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ । आज बिहान पशुपतिस्थित वैद्यखानामा उनको निधन भएको हो ।

ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । पछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)समेत लगिएको थियो । तर, पछि पौडेलको पशुपतिमा देहत्याग गर्ने इच्छाअनुसार नै पशुपतिस्थित वैद्यखानामा लगिएको थियो ।

पौडेल पूर्वीय दर्शनका जानकारसमेत थिए । उनी नेपाली राजनीतिमा वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह एवम् कृष्णप्रसाद भट्टराईका अनुयायीसमेत रहेका थिए ।

उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस