Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सपना !


१८ बैशाख २०७८, शनिबार


म ठुलो सपना देख्छु
म चौतर्फी सपना देख्छु
म सपना सपनाकै रूपमा देख्छु
किनकि केही सपना
सपनाकै लागि हुँदा रहेछन्
त्यसैले होला मेरा सपना
बिपनामा कहिल्यै फेरिएनन्
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।

मेरा सपनामा म,
मेरी हजुरआमाको
बहादुर पौरख देख्छु
मेरी आमाले लगाइदिएको
उड्ने प्वाँख देख्छु
मेरा बुबाले भरिदिएको
बलियो आत्मविश्वास देख्छु
मेरा दाजु-भाउजूले सिकाएको
गोरेटो देख्छु
मेरा भाइ-बहिनिले देखाएको
सम्मान देख्छु
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।

म सपनामै बोल्छु,
सपनामै कुरा गर्छु,
सपनामै जीवनको बाटो
हजारौँ हजार पटक नापिरहन्छु।
मेरो सपना एक किताब,
अनि पाठशाला पनि हो
पाठशालाबाट सिकेको कुरा
कहिल्यै कमजोर हुँदैनन्
भन्ने सुनेको छु
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।

मेरो सपनामा
पर्यटनको प्रशस्त सम्भावना छ
कैयौँ पर्यटकहरू आउँछन्, जान्छन्
पर्यटकहरूको लागि
म एक उभिने मजबुत धरातल
अनि पथप्रदर्शक भएको छु
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।

मेरा सपनाहरूमा
समय अनुकूलताको छाप देखिन्छ
समयले सिकाएको आभास देखिन्छ
समयसँगै बदलिएका छन् मेरो सपना
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।

म मेरा सपना साकार पार्न
कुनै स्रोत साधनको कमी देख्दिन
किनकि मैले कुनै हिसाबै नराखी
भरपुर समय सपनामै खर्च गरेको छु
मेरा ज्ञानेन्द्रियहरू
मेरा सपना अनुकूल सहायक जो छन्
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।

म चौतर्फी सपना देख्छु
सपना एकै प्रकारका हुँदा रहेनछन्
त्यसैले म मेरा सपनामा
कहिले पूर्वबाट प्रतिष्ठा देख्छु
कहिले पश्चिमबाट प्रारब्ध,
कहिले उत्तरबाट उन्नति देख्छु
कहिले दक्षिणबाट दायित्व,
यी सब थोक म मेरा सपनामा देख्छु
र पो म ठुलो सपना देख्छु
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।।

म मेरा सपनामा
फरकलाई समान आँखाले
हेर्न सक्ने सपना देख्छु
बिपनामा बदलिने सपना देख्छु
तर मैले जे जस्ता सपना देखे पनि
केही सपना सपनाकै लागि हुँदा रहेछन्
त्यसैले होला मेरा सपना
सपनाकै रूपमा देख्छु
किनकि मेरा सपना
बिपनामा कहिल्यै फेरिएनन्
र पो म ठुलो सपना देख्छु
म चौतर्फी सपना देख्छु
म सपना सपनाकै रूपमा देख्छु
किनकि मेरा सपना
बिपनामा कहिल्यै फेरिएनन्
त्यसैले मेरा सपना कहिल्यै कमजोर भएनन्।

प्रतिक्रिया दिनुहोस