पेन्सन खाता सक्रिय गराउन असारसम्म बैङ्क जानु नपर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पेन्सन खाता सक्रिय गराउन असारसम्म बैङ्क जानु नपर्ने


१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेपाल सरकारको सञ्चित कोषबाट निवृत्तिभरण पाइरहेका निवृत्तभरकहरुले पेन्सन खाता सक्रिय गराउन बैङ्क गइरहनु नपर्ने भएको छ ।

नियम अनुसार पेन्सन खाता हरेक ६–६ महिनामा सक्रिय बनाउनु पर्ने र त्यसका लागि बैङ्कमै पुग्नुपर्छ ।

तर, कोरोना भाइरसको महामारीका बिच पेन्सन खाता सक्रिय बनाउन आगामी असार मसान्तसम्म बैङ्क जानु नपर्ने व्यवस्था मिलाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कार्यालयले निवृत्तिभरण बुझ्नेहरूको बैङ्क खाता निवृत्तिभरण व्यवस्थापन कार्यालयबाट खाता सक्रिय गराई रकम भुक्तानी लिन सक्ने व्यवस्था गरिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस