सरकारी सवारीमा कडाइ : मन्त्रालय, विभाग र कार्यालयको कोटा तोकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी सवारीमा कडाइ : मन्त्रालय, विभाग र कार्यालयको कोटा तोकियो


१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । सरकारी कार्यालयले चलाउने सवारी साधनको कोटा तोकिएको छ ।

उच्चस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को शुक्रवार बसेको बैठकले निषेधाज्ञालाई थप कडा गर्दै मन्त्रालय, विभाग र कार्यालयले चलाउने सवारीमा नियन्त्रण गर्ने निर्णय गरेको हो ।

सहभागी एक सदस्यले प्रशासन सिँहदरवार ब्युरोलाई दिएको जानकारी अनुसार मन्त्रालयले १०, विभागले ५ र अन्य कार्यालयले सचिव र सहसचिवबाहेक ३ वटा मात्रै सवारी चलाउन पाउनेछन् ।

सरकारी कार्यालयहरू नै एक तिहाइ कर्मचारीबाट सञ्चालन गर्ने गरिरहँदा सवारी साधनहरू पनि नियन्त्रण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस