रुकुम पश्चिममा वैशाख १९ गतेदेखि निषेधाज्ञा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रुकुम पश्चिममा वैशाख १९ गतेदेखि निषेधाज्ञा


प्रशासन संवाददाता

१७ बैशाख २०७८, शुक्रबार


सुर्खेत । रुकुम पश्चिममा वैशाख १९ गते आइतबार विहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले १९ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्लामा संक्रमितको संख्या बढिरहेकाले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । जिल्लामा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द हुने भएका छन् ।

यो अवधिमा खानेपानी, दूध, तरकारी, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन लगाएतका अतिआवश्यकीय सेवा मात्रै सञ्चालन हुनेछन ।

Tags :
प्रतिक्रिया दिनुहोस