एमालेको सुनसरी इन्चार्जमा थपिइन् भगवती चौधरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेको सुनसरी इन्चार्जमा थपिइन् भगवती चौधरी


१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै सुनसरी जिल्ला इन्चार्जमा भगवती चौधरीलाई थप गरेका छन् ।

जगदीश कुसियतलाई इन्चार्जको जिम्मेवारी दिइएपछि १० वैशाखको बैठकमा असन्तुष्टि जनाउँदै चौधरी बाहिरिएकी थिइन् ।

तर, अपानि मार्फत् कुशवाह र चौधरी दुवै जना इन्चार्ज भएको जानकारी दिइएको छ । चौधरीले भनिन्,‘जिल्लामा एउटै इन्चार्ज हुन्छ । तर हामी सुनसरीमा दुई जना इन्चार्ज भयौ । यो अलिक भएन कि ?’ पार्टीभित्र अन्तरसंघर्ष गरेपछि इन्चार्जको भूमिका पाएको पनि उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस