सरकारले न विगतका गल्तीबाट सिक्छ, न सल्लाह आत्मसात गर्छ: देउवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारले न विगतका गल्तीबाट सिक्छ, न सल्लाह आत्मसात गर्छ: देउवा


प्रशासन संवाददाता

१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र संक्रमितहरुको उपचारका लागि आईसीयू–भेन्टिलेटरसहित बेड व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार (आज) आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले सरकारको लापरवाही र अकर्मण्यताका कारण आईसीयू, भेन्टिलेटर बेडहरुको अभाव हुन थालेको बताए ।

सरकारले विगतको गल्तीबाट नसिकेको र सरोकारावालाहरुले दिएको सुझावलाई समेत आत्मसात नगरेको भन्दै उनले भनेका छन्, ‘अधुरा कामलाई नै पुरा भएको भन्दै उद्घाटन, भिडभाड र तकडभडमा मग्न ओली सरकारले संक्रमण रोक्न कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ ।’

परीक्षण नगरी उपत्यका छाड्न दिँदा लाखौं मानिस जिल्ला जिल्ला पुगेको र यसले संक्रमण व्यापक बन्नसक्ने भन्दै उनले निषेधाज्ञाको सदुपयोग गर्न माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस