खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण


प्रशासन संवाददाता

१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

‘शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । मन्त्री थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जानकारी गराएको छ ।

चार दिन अगाडि थापाकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो ।

यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस