कबुलियत अवधि सेवा नगरी कर्मचारीलाई थप अध्ययनका लागि पूर्वस्वीकृति तथा बिदा नदिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कबुलियत अवधि सेवा नगरी कर्मचारीलाई थप अध्ययनका लागि पूर्वस्वीकृति तथा बिदा नदिने


१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ । अध्ययन, तालिम तथा अध्ययन भ्रमणमा जाने कर्मचारीलाई कडाइ गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै अध्ययन, तालिम तथा अध्ययन भ्रमणबाट फर्किएको कर्मचारीलाई कबुलियत अनुसारको अवधि सेवा नगरी थप अध्ययनका लागि पूर्व स्वीकृति तथा बिदा नदिने भएको हो ।
साथै अध्ययन पश्चात् फर्किएका कर्मचारीलाई निजहरूले अध्ययन गरेको विषय मिल्ने गरी जिम्मेवारी तोक्ने व्यवस्था मिलाउनसमेत मन्त्रालयले भनेको छ ।
वैदेशिक अध्ययन, तालिम, अध्ययन भ्रमणमा मनोनयन तथा बिदा सम्बन्धमा सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सबै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई परिपत्र गर्दै मन्त्रालयले स्पष्ट आधार र कारण भएको अवस्थामा मात्र असाधारण बिदा स्वीकृत गर्नसमेत भनेको छ ।
मनोनयन भएका कर्मचारीको नामनामेसीसमेतको विवरण बढीमा सात दिन भित्र वेबसाइटमा राख्ने र सोको एकमुष्ट विवरण प्रत्येक चार महिनामा मन्त्रालयमा पठाउन मन्त्रालयले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस