दोलखाका ६९ विद्यालयमा शैक्षिक सुधार कार्यक्रम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दोलखाका ६९ विद्यालयमा शैक्षिक सुधार कार्यक्रम


१६ बैशाख २०७८, बिहिबार


School

भीमेश्वर । दोलखा जिल्लाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु भएका जिल्लाका ६९ विद्यालयमा कार्यक्रम लागु भएको हो ।

छनोटमा परेका विद्यालयमा शैलुङ गाउँपालिकाका १२, भीमेश्वर नगरपालिकाका १० सामुदायिक विद्यालय, बिगु र तामाकोशीका नौ–नौ, बैतेश्वर गाउँपालिकाका छ तथा गौरीशङ्कर र कालिञ्चोक गाउँपालिका एवं जिरी नगरपालिकाका पाँचपाँच विद्यालय छनोट भएको शिक्षा विकास तथा समन्वय एकाइ दोलखाले जनाएको छ ।

छनोट भएका विद्यालयको कार्यक्रम सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने र सङ्घीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा बजेट निकासा गर्ने शिक्षा विभागले जनाएको छ । यसरी शैक्षिक सुधार लागु भएका विद्यालयमा कक्षाकोठा निर्माण तथा सुधार, खानेपानी, पुस्तकालय, कम्प्युटर, शौचालय, विज्ञान प्रयोगशाला र अन्य विषय समाविष्ट हुने जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका मन्दिरा काफ्लेले बताइन् ।

विसं २०७२ को भूकम्पका कारण जिल्लाका सामुदायिक तथा अन्य गरी ३४७ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । तीमध्ये केही निर्माणाधीन तथा धेरैजसो भवन निर्माण सम्पन्न भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस