चार कर्मचारीको सहसचिवमा बढुवासहित सामान्य प्रशासनको अतिरिक्तमा पदस्थापन « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

चार कर्मचारीको सहसचिवमा बढुवासहित सामान्य प्रशासनको अतिरिक्तमा पदस्थापन


१५ बैशाख २०७८, बुधबार


काठमाडौँ । सरकारले इन्जिनियरिङ सेवाका चार राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिवस्तर)का सिनियर डिभिजनल इन्जिनियरलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिवस्तर)को सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको छ ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्राङ्कित द्वितीय श्रेणीका सिनियर डिभिजनल इन्जिनियर अमृत श्रेष्ठ र दीपक कुमार दासलाई सोही सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको हो ।

त्यसैगरी बैठकले सोही सेवा, समूह तथा उपसमूहका सिनियर डिभिजनल इन्जिनियरद्वय मोहन चापागाईँ र महेशचन्द्र न्यौपानेलाई पनि राजपत्राङ्कित प्रथम श्रेणीको सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको छ ।

बढुवा चारै जनालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको सिंहदरवार विशेष स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस