एकाएक बेपत्ता भएका जनमोर्चाका सांसद शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एकाएक बेपत्ता भएका जनमोर्चाका सांसद शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट


१५ बैशाख २०७८, बुधबार


पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट सार्वजनिक भएका छन् ।

बुधवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लाइफ केयर डाइगोनस्टिक प्रयोगशाला गरिएको कोरोना परीक्षणमा फरक–फरक रिपोर्ट आएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले शाहीमा कोरोना सङ्क्रमण नभएको देखाएको छ भने लाइफ केयर डाइगोनस्टिक प्रयोगशाला गरिएको परीक्षणले शाहीमा कोरोना सङ्क्रमण रहेको देखाएको छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुनुअघि बुधबार शाही सम्पर्कविहीन भएका थिए ।

जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन भएको भन्दै निवेदन दिएपछि संसद् बैठक स्थगित भएको थियो यसपछि भने शाही कोरोना अस्पतालको आईसीयूमा रहेको सूचना सार्वजनिक भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस