सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द « प्रशासन
prasaLogo
१५ बैशाख २०७८, बुधबार

सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द


प्रकाशित मिति : 28 April, 2021 7:43 pm

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएका छन् ।

अस्पतालले बुधवार सूचना जारी गर्दै कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्दै गएकाले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेले जारी गरेको सूचनामा स्वास्थ्य सेवाबारे परामर्श लिन सम्बन्धित विभागका चिकित्सकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस