राष्ट्रिय जनमोर्चाका सांसद बेपत्ता भएपछि प्रदेशसभा बैठक स्थगित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय जनमोर्चाका सांसद बेपत्ता भएपछि प्रदेशसभा बैठक स्थगित


१५ बैशाख २०७८, बुधबार


पोखरा । राष्ट्रिय जनमोर्चाका एक संसद् सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन दिएको थियो ।

प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित रहेको र उनी सम्पर्कविहीन रहेपछि सोही पार्टीका तर्फबाट सांसद पियारी थापाले केहीबेर अघि प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् ।

उनले सांसद शाही सम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन दिँदै प्रदेशसभा बैठक स्थगनका लागि माग गरेकी थिइन् ।

यसअघि बुधबार बसेको प्रदेशसभा बैठक सभामुख नेत्रनाथ अधिकारीले साढे चार बजेसम्मका लागि स्थगित गरेका थिए । जनमोर्चाका सांसद शाही प्रदेशसभामा अनुपस्थित रहेको पार्टीको सम्पर्कमा समेत नरहेपछि अविश्वास प्रस्तावका पक्षधर दलहरुले बैठक स्थगन गर्न माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस