एकै दिन काठमाडौँमा थपिए २ हजार बढी संक्रमित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एकै दिन काठमाडौँमा थपिए २ हजार बढी संक्रमित


प्रशासन संवाददाता

१५ बैशाख २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा देशभर थप ४८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७५४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७७३ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका फर्किएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस