चितवनमा भोली देखि वैशाख महिनाभर निषेधाज्ञा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चितवनमा भोली देखि वैशाख महिनाभर निषेधाज्ञा


१५ बैशाख २०७८, बुधबार


चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लागू गर्ने भएको छ ।

बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले चितवनमा वैशाख १६ गते (भोली) रातीदेखि वैशाख ३१ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा कोरोना (कोभिड-१९) संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको बताए । उनले जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने बताए ।

चितवनमा आजसम्म कोरोना भाइरस (कोभिड-१९) का सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस