कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिन सेवा बन्द « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिन सेवा बन्द


१५ बैशाख २०७८, बुधबार


विराटनगर । इटहरी उपमहानगरपालिका राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिनका लागि सो शाखाबाट हुने सबै सेवा बन्द गरिएको छ ।

शाखा प्रमुख नविन भटटराईकाअनुसार आजदेखि पाँच दिनसम्म कोठा नम्वर ९ राजश्व प्रशासन शाखाबाट हुने कर लगायतका सबै सेवा वन्द गरिएको हो । वडा कार्यालयहरुबाट हुने कर संकलन कार्य भने नियमित हुने उनले बताए ।

इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन तयार गर्ने इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन सञ्चालन गरिने भएको छ । इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक बैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो । आइसोलेसन सञ्चालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस