गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा आजै निर्णय हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा आजै निर्णय हुने


१५ बैशाख २०७८, बुधबार


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज निर्णय हुने भएको छ ।

सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनेछन् । मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा नेकपा (एमाले) का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई अवरोध गरेपछि बैठक स्थगन भएको थियो । परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षणपछि आजको बैठक शुरु भएको हो । बैठकमा प्रस्ताव सम्बन्धमा छलफल चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस