औषधि व्यवस्था विभागका कर्मचारीमा कोरोना संक्रमण, निरीक्षणसम्बन्धी सबै काम बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

औषधि व्यवस्था विभागका कर्मचारीमा कोरोना संक्रमण, निरीक्षणसम्बन्धी सबै काम बन्द


१५ बैशाख २०७८, बुधबार


काठमाडौँ । औषधि व्यवस्था विभागमार्फत गरिँदै आएका पसल दर्ता र निरीक्षणसम्बन्धी सम्पूर्ण काम सोमबारदेखि बन्द गरिएको छ ।

विभागका केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि विभागले सूचना निकालेर नवीकरणबाहेकका पसल दर्ता र निरीक्षणसम्बन्धी सम्पूर्ण काम अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी गराएको छ ।

संक्रमणबाट जोगिन सरकारले तोकेका जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन पनि विभागले सबैमा अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस