कर्णालीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णालीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

१५ बैशाख २०७८, बुधबार


सुर्खेत । कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतमा दुई र दैलेखमा एकजनाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

आधा घण्टाको फरकमा उनीहरूको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ । एक हप्तादेखि दुवैजना आईसीयूमा उपचाररत थिए ।

यस्तै कोरोना संक्रमणबाट दैलेखको नारायण नगरपालिका–१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । उपचारको क्रममा कोरोना अस्पतालमा मृत्यु भएको हो ।

कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस