कोटेश्वरको फर्निचर उद्योगमा आगलागी, ३० लाख बराबरको क्षती « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोटेश्वरको फर्निचर उद्योगमा आगलागी, ३० लाख बराबरको क्षती


१५ बैशाख २०७८, बुधबार


आगलागी

काठमाडौँ । कोटेश्वरको एक फर्निचर उद्योगमा आगलागी भएको छ । कोटेश्वरको झोलुंगे पुल नजिक हिरा महर्जनको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।

आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । आगोले नजिकका केही घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । बिजुली सट भएर आगलागी भएको प्रहरीको अनुमान छ ।

दमकलको सहयोगमा गएराति १२ बजे आगो निभाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस