लुम्बिनीको विशेष अधिवेशन वैशाख १९ गते आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीको विशेष अधिवेशन वैशाख १९ गते आह्वान


१५ बैशाख २०७८, बुधबार


बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् ।

१९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गराएका थिए । लगत्तै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए ।

उक्त अविश्वासको प्रस्तावको टुंगो लगाउन प्रदेश प्रमुखले वैशाख १९ गते विशेष अधिवेशन आह्वान गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस